
काठमाण्डौ । बंगलादेश साफ यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि नजिक पुगेको छ । आज भएको सेमिफाइनलमा भुटानलाई ४–० ले हराउदै बंगलादेशले पहिलो पटक फाईनल यात्रा तय गरेको हो । हल्चोकस्थित एपीएफ मैदानमा बंगलादेशलाई जित दिलाउन तानबिर हुसेन, फोसल अहमेद, मिराज हुसेन र दिपक रोयले एक एक गोल गरे । १६ औं मिनेटमा तानबिरको गोलबाट अग्रता बनाएको बंगलादेशका लागि फाहिमले २७ औ मिनेटमा अग्रता दोब्बर पारेका थिए ।
३२ औं मिनेटमा मिराजले गोल गर्दै बंगलादेशलाई ३–० को अवस्थामा पुर्याए । दोस्रो हाफमा उत्कृष्ट प्रर्दशन गरेपनि भुटानले बंगलादेशको गतिलार्य भने रोक्न सकेन् । ईन्जयुरी समयमा दिपकले गोल थपेपछि बंगलादेश शानदार जित निकाल्न सफल बन्यो ।
बंगलादेशले उपाधिकका लागि भारत र माल्दिभ्सबिचको बिजेतासंग आईतबार प्रतिस्पर्धा गर्नेछ ।
