Logo

भुटानबिरुद्ध बंगलादेश १० विकेटले विजयी, सौम्य सरकारको अर्धशतक

ई-खेलकुद २०७६ मंसीर २० , शुक्रबार ११:१२ मा प्रकाशित

काठमाण्डौ । साग पुरुष क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा बंगलादेश विजयी भएको छ । भुटानलाई १० विकेटले हराउदै बंगलादेशले फाईनल प्रबेशको संभावना बलियो बनाएको हो । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा भुटानले दिएको ७० रनको चुनौती बंगलादेशले ६ दशमलब ५ ओभरमा बिना क्षती भेट्टायो । सौम्य सरकार ५० र महम्मद नाईम १६ रनमा अबिजित रहदै टोलीलाई जित दिलाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित ओभरमा ७ विकेट गुमाएर ६९ रनको सामान्य योगफल तयार पारेको थियो । भुटानको ईनिङसमा तेन्जीङ बाङचुकले १५, जिङमे सिङमेले १३ र जिङमे दोर्जीले १२ रन बनाए । उसका अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । बंगलादेशका मानिक खानले २ तथा मेहदी हसन राना, तानभीर ईस्लाम, मिन्हाजुल अफ्रिदि र सौम्य सरकारले समान एक विकेट लिए ।
पुरुष क्रिकेटमा भुटानको यो लगातार तेस्रो हार हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?