Logo

भुटानबिरुद्ध नेपालको शानदार जित, ज्ञानेन्द्रको शतक पारसको अलराउण्ड प्रर्दशन

ई-खेलकुद २०७६ मंसीर १९ , बिहीबार १२:१२ मा प्रकाशित

काठमाण्डौ । साग पुरुष क्रिकेट अन्तर्गग आफ्नो दोस्रो खेलमा भुटानबिरुद्ध नेपालले शानदार जित हात पारेको छ । आज भएको खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । रन्जुङ दोर्जीले २७ रन बनाएको ईनिङसमा सोनाम तोग्बेले १५ र तोब्डेन सिंगेले ११ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका पारस खड्का २ विकेट लिए । पवन सर्राफ, करण केसी र ललितनारायण राजवंशीले एक एक विकेट लिए । उसका एक ब्याट्सम्यान रनआउट भएका थिए ।
यसअघि कप्तान ज्ञानेन्द्र मल्लको शतक मद्दतमा नेपालले ३ विकेट गुमाएर २ सय ३६ रनको किर्तिमानी योगफल तयार पारेको थियो । टि–२० क्रिकेटमा नेपालले बनाएको यो नै हालसम्मको उच्च योगफल हो । ५५ बलमा ज्ञानेन्द्रले ९ छक्का र ५ चौकाको मद्धतमा १ सय ७ रन बनाए । उनी टि–२० क्रिकेटमा शतक बनाउने दोस्रो नेपाली कप्तान समेत बनेका छन् । यसअघि सिंगापुरबिरुद्धको टि–२० क्रिकेटमा पारसले शतक प्रहार गरेका थिए । भुटानबिरुद्ध २८ बल खेलेका पारसले १ छक्का र ९ चौका प्रहार गर्दै ५७ रन जोडे । रोहित कुमार पौडेल ६ रनको ब्यक्तिगत स्कोरमा आउट हुदा उपकप्तान दिपेन्द्र सिंह ऐरी ४५ र आरिफ शेख ४ रनमा अविजित रहे । भुटानका कर्मा दोर्जीले २ तथा तोब्डेन सिंगेले १ विकेट हात पारे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?