
काठमाण्डौ । भारतको कोलकातामा जारी अण्डर १५ साफ च्याम्पियनसिपमा भोली महत्वपुर्ण २ खेल हुदैछन् । समुहचरणको अन्तिम खेलमा नेपाल र भुटान तथा भारत र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । सुरुवाती ३ खेलमा शत प्रतिशत नतिजा निकाल्दै भारत यसअघि नै फाइनल पुगीसकेको छ ।
कल्याणी रंगशालामा नेपाली समयानुसार दिउ“सो सवा १२ बजे भुटानलाई हराउन सके, नेपाल फाइनल नजिक पुग्नेछ । तर अपरान्ह सवा ३ बजे हुने खेलमा भारतले बंगलादेशलाई हराउनु पर्नेछ । वा बराबरीको नतिजामा खेल सकिनु पर्नेछ । बंगलादेशको जितले भने नेपाललाई केहि समस्यामा पार्नेछ ।
बंगलादेशले भारतबिरुद्ध फराकिलो अन्तरको जित निकाले मात्र उसको संभावना जिवित रहन्छ । त्यसअघि नै भुटानबिरुद्ध सहज जित निकाल्दै नेपाल फाइनलका लागि तयारी हुन आवश्यक छ ।
पहिलो खेलमा आयोजक भारतसंग ५–० ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई २–० ले तथा तेस्रो खेलमा डिफेण्डिङ च्याम्पियन बंगलादेशलाई ४–१ ले हराउदै फाइनल प्रबेशको संभावना बलियो बनाएको हो ।
अंकबिहिन रुपमा तालिकाको पुछारमा रहेको भुटान समुहचरणबाटै बाहिरी सकेको छ भने एक खेलमा मात्र जित निकालेको श्रीलंकाको यात्रा पनि समुह चरणमै सिमित बनेको छ । प्रतियोगितामा माल्दिभ्स र पाकिस्तानबाहेक ५ राष्ट्र सहभागी छन् ।
