
काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले चौथो स्वर्ण हात पारेको छ । ललितपुरको लगनखेलमा आज भएको सान्डा सान्सोमा जुनी राईले स्वर्ण जितेकी हुन् । महिला ५६ केजी तौल समूहमा श्रीलंकाकी मदुमालीलाई २–० ले हराउदै जुनीले स्वर्ण जितेकी हुन् ।
भारोत्तोलनमा पनि नेपालले अर्को स्वर्ण हात पारेको छ । पोखरामा आज भएको स्पर्धामा नेपालकी सन्जु चौधरीले स्वर्ण जितेकी हुन् । महिला ५९ केजी तौल समूहमा सन्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकि हुन् । उनले कुल १ सय ७१ केजी भार बहन गर्दै भारोत्तोलनतर्फ महिला खेलाडीका रुपमा पहिलो स्वर्ण हात पारेकि हुन् ।
