
काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद सागमा भारोत्तोलनबाट नेपालले थप एक स्वर्ण हात पारेको छ । पोखरामा आज भएको ८९ केजी तौल समुहको स्पर्धामा विकास थापाले नेपाललाई स्वर्ण दिलाएका हुन् ।
१२ औ सागमा रजत पदक जितेका उनले घरेलु मैदानमा स्वर्ण हात पारेका हुन् । उनले स्न्याच १ सय २३ केजी र क्लिन एन्ड जर्कमा १ सय ४६ गरी कुल २ सय ६९ केजी भार उठाए । यो स्पर्धामा बंगलादेशले रजत पदक जितेको छ ।
