
एजेन्सी । श्रीलंकामा जारी अण्डर १९ एसियाकप क्रिकेटमा भारत समुह ए को विजेताको रुपमा सेमिफाइनल पुगेको छ । आज भएको खेलमा अफगानिस्तानलाई ३ विकेटले हराउदै भारत शत प्रतिशत नतिजासंगै समुह विजेता बन्यो । हारका बावजुत अफगानिस्तान उपविजेताको रुपमा सेमिफाइनलमा प्रबेश गर्यो ।
अफगानिस्तानले दिएको १ सय २५ रनको चुनौती भारतले ३८ दशमलव ४ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।
आजै भएको खेलमा कुवेतलाई १ सय ६३ रनले हराउदै पाकिस्तानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । पाकिस्तानले दिएको ३ सय ३६ रनको चुनौती पछ्याएको कुवेत ४३ दशमलव ४ ओभरमा १ सय ७२ रनमा समेटियो ।
दुबै टोली यसअघि नै बाहिरिसकेका थिए ।
