Logo

भारत विश्वकप छनोटको होडबाट बाहिरियो

ई-खेलकुद २०७८ जेठ २१ , शुक्रबार ०९:०६ मा प्रकाशित

एजेन्सी । भारत विश्वकप छनोटको होडबाट बाहिरिएको छ । ग्रुप ई अन्तर्गत गएराती भएको आफ्नो छैठौ खेलमा भारत विश्वकप आयोजक कतारसंग एक शुन्यले पराजित हुदै एसीयाली छनोटबाटै बाहिरिएको हो । यद्यपी उसको एसीयन कपको अर्को चरणमा प्रबेश गर्ने संभावना भने कायमै छ ।
दोहामा ३३ औ मिनेटमा अब्दुलअजिज हातेमले गरेको गोल कतारको जितमा निर्णायक बन्यो । ७ खेलबाट कतार १९ अंकमा तालिकाको शीर्ष स्थानमा रहेको छ । भारत ६ खेलबाट ३ अंकमा तालिकाको चौथो स्थानमा छ ।
विश्वकप छनोटमा भारतले कुनैपनि जित निकाल्न सकेको छैन । यसअघि उसले कतारसंग गोलरहित बराबरी खेलेको थियो भने बंगलादेश र अफगानिस्तानसंग एक एक गोलको बराबरीको नतिजा हात पारेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?