
काठमाण्डौ । भुटानमा जारी महिला साफ यू–१५ च्याम्पियनसिपको उपाधि होडबाट नेपाल बाहिरिएको छ । आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसंग २–१ ले पराजित भएको तथा भारतले आजै भुटानलाई १०–१ को फराकिलो अन्तरले हराएसंगै नेपालको उपाधि होड सकिएको हो ।
भारतसंगको हारले भुटान पनि प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा नेपालले भुटानसंग खेल्नेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगिताका शीर्षस्थानमा रहने २ टोलीबिच उपाधि भिडन्त हुनेछ ।
