Logo

भारतलाई हराउदै पाकिस्तान ईमर्जिङ टिम्स कप क्रिकेटको फाइनलमा

ई-खेलकुद २०७६ मंसीर ४ , बुधबार ०४:११ मा प्रकाशित

एजेन्सी । पाकिस्तान एसीसी ईमर्जिङ टिम्स कप क्रिकेटको फाईनलमा पुगेको छ । बंगलादेशको ढाकामा आज भएको पहिलो सेमिफाइनलमा चीर प्रतिद्धन्दी भारतलाई ३ रनले हराउदै पाकिस्तानले उपाधि यात्रा तय गरेको हो । पाकिस्तानले दिएको २ सय ६८ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ६४ रन मात्र बनाउन सक्यो । सानभीर सिंहले ७६, बेलुर रभीले ४७ र अर्मान जाफरले ४६ रन बनाएपनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । पाकिस्तानका महम्मद हस्नैन र सैफ बादरले समान २ तथा उमार खान र अमाद बटले समान एक विकेट लिए ।
यसअघि मिरपुरस्थित शेर बंगला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ६७ रनको सम्मानजनक योगफल तयार पारेको थियो । उसको जितमा ओमाईर युसुफले ६६, हैदर अली खानले ४३ र सैफ बादरले अबिजित ४७ रनको योगदान गरे ।
भारतका शीभम माभी, सौरभ दुबे र ऋतिक सोकेनले समान २ विकेट लिए ।
पाकिस्तानले ईमर्जिङ कपको उपाधिका लागि भोली हुने दोस्रो सेमिफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलमा भोली आयोजक बंगलादेश र अफगानिस्तान आमने सामने हुनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?