Logo

भारतलाई हराउदै आयोजक बंगलादेश शीर्ष स्थानमा

ई-खेलकुद २०७८ पुस २ , शुक्रबार ०४:१२ मा प्रकाशित

काठमाडौं । बंगलादेश, १९ बर्ष मुनीको महिला साफ च्याम्पियनसिप फुटबलको शीर्ष स्थानमा पुगेको छ । आफ्नो तेस्रो खेलमा बलियो टोली भारतलाई १–० ले हराउदै बंगलादेश फाइनल नजिक पुगेको हो ।

ढाकास्थित मुस्तफा कमल रंगशालामा घरेलु टोली बंगलादेशलाई जिताउन सातौ मिनेटमा साम सुनाहारले गरेको गोल निर्णायक बन्यो । उनले पेनाल्टिमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन् ।

खेलमा भारतले निक्कै आक्रमणको प्रयास गरेपनि बंगलादेशी रक्षापक्तिले त्यसलाई विफल पारेको थियो । जारी प्रतियोगीतामा भारतको यो पहिलो हार हो । यसअघिका दुबै खेलमा भारत विजयी भएको थियो । दोस्रो जितसँगै बंगलादेश ३ खेलबाट ७ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

पहिलो खेलमा उसले नेपालसँग गोलरहित बराबरीको नतिजा निकालेको थियो । ३ खेलबाट ६ अंक जोडेको भारत दोस्रो स्थानमा झरेको छ । २ खेलबाट नेपाल ३ अंकमा तेस्रो स्थानमा छ । नेपालले आजै राती भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भुटानको खेल राती पौने ७ बजे सुरु हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?