Logo

भारतलाई बराबरीमा रोकेको बंगलादेश सेमिफाइनलमा

ई-खेलकुद २०७६ असोज ६ , सोमबार ०५:०९ मा प्रकाशित

काठमाण्डौ । उपाधि दाबेदार मानिएको टोली भारतलाई गोलरहित बराबरीमा रोक्दै बंगलादेश साफ अण्डर १८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रबेश गरेको छ । हल्चोक स्थित एपीएफ मैदानमा आज भएको खेलमा बलियो टोली भारतलाई बराबरीमा रोकेसंगै ४ अंक सहित बंगलादेशले अन्तिम चारको यात्रा तय गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा बल पोजिशनमा भारतले पकड बनाएपनि बंगलादेशको रक्षापक्ति त्यसमा बाधक बनेको थियो । समुह बीबाट सेमिफाइनल पुग्ने बंगलादेश पहिलो टोली हो । बुधबार हुने खेलमा श्रीलंकालाई हरबाए वा बराबरीको नतिजा निकाले भारत अन्तिम चारमा प्रबेश गर्नेछ । प्रतियोगितामा भोली समुह ए अन्र्तगतका भुटान र माल्दिभ्सबीच खेल हुनेछ । यो खेलले समुह एबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो लगाउनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?