Logo

भलिबल संघले महिला टोलीको प्रशिक्षण सुरु गर्दै

ई-खेलकुद २०७७ पुस २३ , बिहीबार १०:०१ मा प्रकाशित

काठमाण्डौ । नेपाल भलिबल संघले राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण सुरु गर्ने तयारी थालेको छ । एभीसी एसियन भलिबल च्याम्पियन्सीपमा सहभागीताको प्रक्रिया सुरु गरेसंगै संघले महिला टोलीको प्रशिक्षणको तयारी पनि अघि बढाएको हो । पहिलो पटक सो प्रतियोगीता खेल्न लागेको नेपालले सहभागीताको दाबी यसअघि नै गरिसकेको छ । यद्यपी श्रीलंका लगायतका अन्य मुलुकले पनि त्यसमा दाबी गर्ने जनाएकाले सोझै प्रतियोगीता खेल्ने नेपालको संभावना न्युन रहेको छ । अन्य टोलीले पनि प्रतियोगीता खेल्ने दाबी गरे उनीहरुबिच क्वालिफायर खेल हुनेछ ।
भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले सिधै प्रतियोगीता खेल्ने संभावना नभएपनि छनोट खेलबाट नेपालको संभावना बलियो रहेको बताउनुभयो । त्यसैलाई ध्यानमा राखी संघले महिला टोलीको प्रशिक्षण सुरु गर्न लागेको उहाँको भनाई थियो । अगष्ट २९ देखी सेप्टेम्बर ५ सम्म चीनमा हुने प्रतियोगीताका लागि यसै महिनाभित्र टोली दर्ता गरिसक्नुपर्ने छ ।
चन्दले भन्नुभयो– हामीले प्रतियोगीता खेल्नका लागि प्रक्रिया अघि बढाएका छौ । अन्य मुलुकले पनि दाबी गरे छनोट चरण पुरा गर्दै प्रतियोगीता खेल्ने टोलीको टुंगो लाग्छ । भारत यसअघि नै छनोट भईसकेकाले नेपाल नै त्यसको मुख्य दाबेदार हो ।
१६ टोलीले प्रतिस्पर्धा गर्ने एसियन भलिबलमा ११ टोली यसअघि नै छनोट भईसकेका छन भने बाँकि ५ टोली क्षेत्रीय छनोटबाट प्रतियोगीतामा पुग्नेछन् ।
चन्दका अनुसार सोहि प्रतियोगीताको तयारीका लागि संघले राष्ट्रिय खेलकुद परिषदसंग प्रशिक्षणको अनुमती माग्न लागेको हो ।

एभीसी भलिबल टोली

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?