Logo

भलिबलको बन्द प्रशिक्षणमा ३० खेलाडी

ई-खेलकुद २०७८ जेठ १४ , शुक्रबार ०३:०५ मा प्रकाशित

काठमाण्डौ । नेपाल भलिबल संघ (एनभीए) ले राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणका लागि ३० खेलाडीलाई बोलाएको छ । फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप र सेन्ट्रल जोन महिला भलिबलका संघले बन्द प्रशिक्षण सुरु गर्न लागेको हो ।
पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई संघले प्रशिक्षणमा बोलाएको जनाएको छ । उपाध्यक्ष निरोज मास्केसहित महिला टोलीका पूर्व प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको छनोट समितिले खेलाडी छनोट गरेको हो । संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट प्रशिक्षणका लागि स्विकृती पाईसकेको छ । प्रशिक्षणमा आर्मीबाट सर्वाधिक ८ खेलाडी पर्दा डायमण्ड, पुलिस र एपीएफबाट समान ७–७ खेलाडी परेका छन् । यस्तै भरतपुर मेट्रोबाट एक खेलाडीले बन्द प्रशिक्षणमा स्थान बनाएका छन् ।
बन्द परिक्षणको मिती भने आज साँझ तय गरिने संघले जनाएको छ ।

 


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?