Logo

भरत खवास चितवनको मार्की खेलाडी

ई-खेलकुद २०७७ चैत्र ४ , बुधबार ०३:०३ मा प्रकाशित

काठमाण्डौ । आसन्न नेपाल सुपर लिग एनएसएलका लागि टिम एफसी चितवनले भरत खवासलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको छ । राष्ट्रिय फुटबल टोलीका सदस्य खवासलाई चितवनले आज औपचारिक अनुबन्धन गरेको हो । त्यस्तै चितवनले मेघराज केसीलाई टोलीको मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।
चितवनका मालिक सञ्जित ढकालले आज खवास र केसीसंग सम्झौता गरेका हुन् । नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजनामा बैसाख ११ गतेबाट हुने एनएसएलमा ७ फ्रेन्चाइज टोलीको सहभागीता रहनेछ ।
बैसाख २५ गतेसम्म चल्ने प्रतियोगीताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगीता राउण्ड रोबिन लिगका आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछन् ।

एनएसएल एफसी चितवन

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?