Logo

भण्डारीको शतकमा आर्मीले गण्डकीलाई दियो उच्च लक्ष्य

ई-खेलकुद २०७७ माघ २ , शुक्रबार १२:०१ मा प्रकाशित

काठमाण्डौ । कप्तान बिनोद भण्डारीले शतक बनाएपछि प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीतामा त्रिभुवन आर्मीले गण्डकीसामु २ सय ८८ रनको उच्च चुनौती प्रस्तुत गरेको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाई २ सय ८७ रनको शानदार योगफल तयार पारेको हो । भण्डारीले सर्बाधिक अबिजित १ सय ११ रन बनाएको ईनिङसमा राजु रिजालले ४५ र राजेश पुलामी मगरले ३८ रन बनाए । लोकेश बमले ४२ रन बनाउदै ईनिङसको अन्तिम बलमा पभेलियन फर्किए । भीम सार्कीले १५ र हरिकृष्ण झाले १४ रन जोडे ।
गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले समान २ तथा चन्द्र पौडेल र दिपेश खत्रीले समान एक विकेट लिए ।
राष्ट्रिय खेलकुद परिषद राखेपको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जारी प्रतियोगीता किर्तिपुर र मुलपानीमा हुनेछ । प्रतियोगीता माघ १७ सम्म चल्नेछ ।

त्रिभुवन आर्मी प्रधानमन्त्री कप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?