Logo

ब्रिगेड र एनआरटीले बराबरी खेल्दै अंक बाँडे

ई-खेलकुद २०७८ मंसीर १३ , सोमबार ०५:११ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा यी दुई टोलीले गोलरहित बराबरीको नतिजा निकालेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने केहि अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए । जारी लिगमा एनआरटीले पहिलो अंक जोडेको हो ।
ब्रिगेडले भने पहिलो चरणको खेलमा एपीएफलाई हराउदै ३ अंक हात पारिसकेको छ । बराबरीसँगै ब्रिगेडले २ खेलमा ४ अंक जोडेको छ । एनआरटी पहिलो खेलमा साविक विजेता मछिन्द्र एफसीसँग २–१ गोल अन्तरले पराजित भएको थियो । खेलमा ब्रिगेडका शिशिर लेखी म्यान अफ दि म्याच चुनिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?