Logo

ब्रिगेडलाई हराएको संकटा तेस्रो स्थानमा

ई-खेलकुद २०७८ पुस ११ , आईतबार ०३:१२ मा प्रकाशित

काठमाडौं । संकटा क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । छैटौ चरणको खेलमा ब्रिगेड व्वाईज क्लबलाई ३–० ले हराउँदै संकटा उपाधि होडमा फर्किएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उसलाई सहज जित दिलाउन उत्तम राईले २ तथा लक्ष्मण रुचालले एक गोल गरे । एकपक्षीय खेलमा संकटाले तीनै गोल खेलको पहिलो हाफमै गरेको थियो ।जितसँगै संकटा ६ खेलबाट १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा पुगेको हो ।

समान खेलबाट ५ अंक जोडेको ब्रिगेड ११ औं स्थानमा रहेको छ । संकटाका फोडे फोफाना प्लेयर अफ दि म्याच चुनिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?