Logo

ब्राईटबिरुद्ध क्रिष्टलको संर्घषपुर्ण जित

ई-खेलकुद २०७७ फागुन ११ , मंगलबार ०८:०२ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा क्रिष्टल प्यालेस विजयी भएको छ । २५ औ चरणको खेलमा गएराती ब्राईटन एण्ड होभ एल्बियनलाई २–१ गोल अन्तरले हराउदै क्रिष्टलले तालिकामा एक स्थान सुधार गरेको हो । यो जितसंगै क्रिष्टल तत्कालका लागि रेलिगेशनको भयबाट मुक्त भएको छ । उसलाई कठिन जित दिलाउन जिन फिलिप्पे मटेटा र क्रिष्टियन बेन्टेकले गोल गरे । ब्राईटनका डिफेण्डर जोएल भल्टमेनले एक गोल फर्काए । क्रिष्टललाई पुर्णत दबावमा राखेपनि ब्राईटनले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार भोग्न बाध्य भयो । यो जितले क्रिष्टललाई ३२ अंकमा तालिकाको १३ औ स्थानमा पुर्याएको छ । ब्राईटन भने २६ अंकमा तालिकाको १६ औ स्थानमा छ ।
प्रिमियर लिग फुटबलमा आज लिड्स युनाईटेड र साउथहेम्प्टन प्रतिस्पर्धा गर्नेछन् ।

क्रिष्टल प्यालेस प्रिमियर लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?