
पोखरा । साग खेलकुद अन्तर्गत ब्याडमिन्टनको टिम इभेन्टमा नेपाल सेमिफाइनल पुगेको छ । पोखरामा आज भएको महिला र पुरुष दुबैको टिम ईभेन्टमा जित निकाल्दै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पोखरा रंगशालाको कभर्डहलमा नेपालको पुरुष टिमले भुटानलाई २–० को सेटले पाखा लगाए । नेपालले २१–१३ र २१–१४ को जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।
यस्तै महिला टिममा रसिला महर्जन, नङ्शल तामाङ र जेसिका गुरुङले बंगलादेशविरुद्ध २–० को जित निकाले । आजै भएको सेमिफाइनलमा श्रीलंकालाई ३–१ को सेटमा पराजित गर्दै भारत उपाधि नजिक पुगेको छ ।
