
काठमाण्डौ । बंगलादेश भ्रमणका क्रममा कोरोना सक्रमण पुष्टि भएका राष्ट्रिय फुटबल टोलीका ब्यवस्थापक मधुसुधन उपाध्याय आईतबार काठमाण्डौ आईपुग्ने भएका छन् । मैत्रीपुर्ण खेलका लागि टोलीसंगै बंगलादेश पुगेका उपाध्ययलाई मंसिर ३ गते ढाकामै कोरोना सक्रमण देखिएको थियो । पछिल्लो पटक गरिएको परिक्षणमा उनको रिर्पोट नेगेटिभ आएसंगै स्वदेश फर्कन लागेका हुन् ।
टोलीको नेतृत्व गर्दै कार्तिक २० गते ढाका पुगेका उपाध्ययलाई दोस्रो मैत्रीपुर्ण खेलपछि गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । शनिबार ढाकाबाट कतारको दोहा हुदै उनी आईतबार काठमाण्डौ आईपुग्ने छन् ।
सक्रमण देखिएपछि उनलाई ढाकास्थित बंगबन्धु अस्पातालमा उपचारका लागि भर्ना गरिएको थियो । नेपालले बंगलादेशसंगको पहिलो खेल २–० ले गुमाएको थियो भने दोस्रो खेलमा गोलरहित बराबरीको नतिजा हात पारेको थियो ।
