Logo

बेष्ट ईण्डिजबिरुद्धको वन डे सिरिज ईण्डियालाई

ई-खेलकुद २०७६ पुस ७ , सोमबार ०७:१२ मा प्रकाशित

एजेन्सी । वेष्ट ईण्डिजबिरुद्धको वन डे सिरिज घरेलु टोली ईण्डियाले जितेको छ । तेस्रो तथा निर्णायक खेलमा गएराती ४ विकेटको जित निकाल्दै ईण्डियाले ३ म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो । उडिसामा क्यारेबियन टोलीले दिएको ३ सय १६ रनको चुनौती ईण्डियाले ८ बल अगावै ६ विकेट गुमाएर भेट्टायो । उसको जितमा कप्तान विराट कोहलीले ८५, लोकेश राहुलले ७७ तथा रोहित शर्माले ६३ रनको योगदान गरे । रबिन्द्र जडेजा ३९ र शारदुल ठाकुर १९ रनमा अबिजित रहदै टोलीको जित निश्चित पारे ।
बेष्ट ईण्डिजका केमो पउलले ३ तथा सेल्ड्रोन कोटरेल, जेसन होल्डर र अल्जारी जोसेफले समान एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको क्यारेबियन टोलीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३ सय १५ रनको योगफल तयार पारेको थियो । उसका लागि निकोलस पुरनले सर्बाधिक ८९ रन बनाए । कायरन पोलार्डले ७४ र साई होपले ४२ रन जोडे ।
ईण्डियाका नवदिप सैनीले २ तथा महम्मद सामी, शारदुल ठाकुर र रबिन्द्र जडेजाले समान १ विकेट लिए ।
ईण्डिया भ्रमणका क्रममा यसअघि भएको ३ म्याचको टि–२० सिरिज पनि ईण्डियाले जितेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?