Logo

बेल्जियम यूरो कपमा छनोट हुने पहिलो राष्ट्र

ई-खेलकुद २०७६ असोज २४ , शुक्रबार ०८:१० मा प्रकाशित

एजेन्सी । यूरो कप सन् २०२० का लागि छनोट हुने पहिलो राष्ट्र बेल्जियम बनेको छ । छनोटको समूह आई मा रहेको बेल्जियमले गएराति सान मारिनोमाथि ९–० को फराकिलो जितसंगै यूरोमा स्थान पक्का गरेको हो । रोबर्टो मार्टिनेजको बेल्जियन टोलीले तेस्रो स्थानको साइप्रससंगको अंक दुरी ११ मा पुर्याएसंगै  यूरोको लागि छनोट भएको हो ।

खेलमा रोमेलु लुकाकुले २ गोल गर्दा सान मारिनोले २ गोल आत्मघाती गरेको थियो । त्यस्तै नासेर चाड्ली, योरी टेलेम्यान, क्रिष्टियन बेनटेके, यारी भर्सचारिन र टिमोथी कास्टान्जेले गोल गरे । समूह आई बाट यूरोको टिकट काट्ने प्रबल सम्भावना रुसको छ । उसले समूहमा दोस्रो स्थान हात पार्ने क्रममा गएराति स्कटल्याण्डलाई ४–० ले पराजित ग¥यो । ७ खेलपछि रुसको १८ अंक पुगेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?