Logo

बेल्जियमलाई हराउदै ईटाली सेमिफाईनलमा

ई-खेलकुद २०७८ असार १९ , शनिबार ०८:०७ मा प्रकाशित

एजेन्सी । शीर्ष वरियताको बेल्जियमलाई हराउदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती भएको क्वार्टरफाईनलमा बेल्जियमलाई २–१ ले हराउदै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।
सेमिफाईनलमा अब इटाली र स्पेन प्रतिस्पर्धा गर्नेछन् । इटालीलाई जिताउन निकोलो बारेल र लोरेन इन्सिङ्गले गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । खेलको ३१ औं मिनटेमा निकोलोको गोलमा इटालीले अग्रता लिएको थियो । ४४ औं मिनेटमा लोरेनले अग्रता दोब्बर बनाए । खेलको ४७ औं मिनटेमा पेनाल्टी मार्फत लुकाकुले गोल गर्दै २–१ को अवस्थामा ल्याए । दोस्रो हाफमा दुवै तर्फबाट गोल भएन ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?