Logo

बेलवारी गोल्डकपको उपाधि रोयल क्लब सिलिगुडिलाई

ई-खेलकुद २०७६ असोज १४ , मंगलबार ०७:१० मा प्रकाशित

बेलबारी । लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पाहुना टोली रोयल क्लब सिलिगुडिले जितेको छ । बेलबारीमा आज भएको फाइनलमा धरान एफसीलाई ४–१ ले हराउलै रोयलले उपाधि हात पारेको हो ।
पहिलो हाफमा १–० को अग्रता बनाएको रायल क्लबले दोस्रो हाफमा ३ गोल गर्दै १ गोल खाएको थियो । रोयलको जितमा आदर्श तामाङ, निशान लिम्बु, अमन थापा र सत्याम श्रेष्ठले एक एक गोल गरे ।
धरानका उमेश राईले सान्त्वना गोल फर्काए । उपाधिसंगै रोयल क्लबले ५ लाख रुपैया हात पार्यो । उपबिजेता धरानले २ लाख ५० हजार रुपैयामा चिक्त बुझायो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?