Logo

बेलबारी गोल्डकपको दोस्रो सेमिफाइनलमा रोयल क्लब र एपीएफ भिड्दै

ई-खेलकुद २०७६ असोज ९ , बिहीबार ०९:०९ मा प्रकाशित

बेलबारी । मोरङको बेलबारीमा जारी तेस्रो लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज विभागीय नेपाल एपीएफ र रोयल क्लब सिलुगुढिबिच प्रतिस्पर्धा हुदैछ । लक्ष्मीमार्गस्थित स्थानिय बिद्यालयको खेल मैदानमा अपरान्ह साढे ३ बजे सेमिफाइनल खेल सुरु हुनेछ ।

क्वार्टरफाईनलमा एपीएफले झापा ११ लाई तथा रोयल क्लबले नेपाल पुलिसलाई हराउदै सेमिफाइनल यात्रा तय गरेका हुन् । आजको विजेताले गोल्डकपको उपाधिका लागि धरान एफसीको सामना गर्नेछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा मदन भण्डारी स्पोर्टस एकेडेमीलाई २–१ ले हराउदै धरान एफसीले उपाधि यात्रा तय गरेको थियो । गोल्डकपको उपाधि विजेताले ५ लाख रुपैया हात पार्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?