Logo

बेन्जेमा २०२३ सम्म रियलमै रहने

ई-खेलकुद २०७८ भदौ ५ , शनिबार ०९:०८ मा प्रकाशित

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका फ्रान्सेली स्टार करिम बेन्जेमाले क्लबसंगको सम्झौता नविकरण गरेका छन् । क्लब छाड्न लागेको चर्चा चलिरहदा उनले क्लबसंग २ बर्ष सम्झौता थप गरेका हुन् ।
स्टार खेलाडी सर्जियो रामोसले क्लब छाडेपछि बेन्जेमाले पनि क्लब छाड्न लागेको चर्चा थियो । तर उनले थप दुई वर्षका लागि क्लबसँग सम्झौता नविकरण गरेका छन् । बेन्जेमा सन् २०२३ सम्म रियलमा रहने छन् । ३३ वर्षीय बेन्जिमा सन् २००९ मा लियोनबाट रियल मड्रिड आएका थिए । उनी रियलको सर्वाधिक गोलकर्ताको शीर्ष पाँचको सूचीमा छन । बेन्जेमाले रियलबाट ४ च्याम्पियन्स लिग र ३ ला लिगा जितेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?