Logo

बेन्चमै सिमित सन्दिपको आगामी भविश्य

ई-खेलकुद २०७७ कात्तिक २१ , शुक्रबार ०५:११ मा प्रकाशित

काठमाण्डौ । छोटो समयमै विश्व क्रिकेटमा ठुलो सफलता पाएका नेपाली लेगस्पिनर सन्दिप लामिछाने लगातार तेस्रो सिजन ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सको टोलीमा रहे । सुरुवाती २ सिजन दिल्लीले मैदान उतारेका सन्दिप तेस्रो सिजनमा भने बेन्चमै सिमित बन्ने संभावना बढेको छ । समुहचरणका सबै र पहिलो क्वालिफायरमा पनि पहिलो रोजाईमा पर्न नसकेपछि सन्दिपको आगामी भविश्यलाई लिएर धेरै अड्कलबाजी हुन थालेका छन् ।

आईपीएल खेल्नुअघि क्यारेबियन प्रिमियर लिग क्रिकेट सिपिएलमा निक्कै प्रभावशाली प्रर्दशन गरेका सन्दिपलाई किन दिल्लीले बेन्चमै सिमित गर्यो भन्ने चासो उनका आम समर्थकमा पनि छ । माथिल्लो स्तरको फ्रेन्चाईज लिगमा सुरुवाती २ संस्करणमा औषत प्रर्दशन गरेका उनी टोलीको बेन्चमै सिमित गर्ने अवस्थामा थिए त ? चासो धेरैको छ ।

स्पिनमैत्री युएईको पिचमा लेगस्पिनरको भुमिका उल्लेख्य रहदा रहदैपनि उनले मौका नपाएपछि धेरैले दिल्लीको ब्यवस्थापनको आलोचना पनि गरे । टोलीमा भएका राम्रा स्पिनरले आफ्नो जादु देखाउन नसकेपनि सन्दिप त्यसको विकल्प बन्न नसकेपछि आगामी फ्रेन्चाईज लिगमा उनको सहभागीता हराउदै जाने पो हो की भन्ने चिन्ता पनि बढ्न थालेको छ ।

जसको उदाहरणका रुपमा लंका प्रिमियर लिगको ड्राफ्टमै सिमित हुनु र अष्ट्रेलियाको बिगवासमा मेलवर्न स्टार्सले सम्झौता नविकरण नगर्नुले प्रमाणित गरिसकेको छ । यद्यपी बिगवासमा उनको सहभागीता अन्य टोलीबाटै हुने चर्चा पनि चलिरहेको छ ।
एकाएक अन्तराष्ट्रिय क्रिकेटमा उदाएका सन्दिप बेन्चमै सिमित रहदा अन्य टोलीले उनमाथी गर्ने मुल्याङकन अवश्य नै फरक पर्छ । तथ्यङकीय रुपले पनि उनका लागि यो निक्कै ठुलो नोक्सानी हो । तथापी नाम चलेका अन्य खेलाडीले पनि मौका पाउन नसकेको अवस्थामा यो नौलो बिषय भने हुदै होईन ।

उनको क्षमता राम्ररी चिनेका टोलीले उनीमाथी नजर लगाईरहेका छन् । पहिलो अनुबन्धनको तीन बर्षसम्म टोलीमै रहनुपर्ने आईपीएलको प्राबधानबाट बाहिर निस्कन सके आगामी संस्करणमा उनको संभावना थप बलियो बन्ने संभावना पनि छ । तर तत्कालिन समयमा उनलाई केहि नोक्सानी भने अवश्य पुगेको छ ।

जे होस नेपालका ग्लोबल आईकनको प्रर्दशन हेर्ने प्रतिक्षामा रहेका आम नेपाली समर्थक उनको मैदान प्रबेशको पर्खाईमा छन् । चाहे त्यो दिल्लीको जर्सीमा होस वा अन्य कुनै टोलीको जर्सीमा ।

परिस्थितीले उनलाई बेन्चमै सिमित गरेपनि उनी क्षमताविहिन खेलाडी भने विल्कुल होईनन्, यो जगजाहेर बिषय पनि हो ।

आईपीएल सन्दिप लामिछाने

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?