Logo

बुढासुव्वा गोल्डकप मंसिर तेस्रो साता

ई-खेलकुद २०७६ असोज ४ , शनिबार १२:०९ मा प्रकाशित

धरान । बुढासुब्बा गोल्डकप फुटबलको २२ औ संस्करण मंसिर तेस्रो साता हुने भएको छ । धरान फुटवल क्लवले आयोजना गर्ने प्रतियोगिता मंसिर १९ गतेदेखि २८ गतेसम्म गर्ने आयोजक क्लबका महासचिव प्रताप तामाङले बताउनुभयो । महासचिव तामाङले यसैवर्षदेखि मोफशलमा आयोजना हुने प्रतियोगिताहरुको लागि एन्फाले नियमावली बनाई सोही अनुसार प्रतियोगिता आयोजना गर्न आयोजकहरुलाई जानकारी गराई सकेकाले बुढासुव्वा गोल्डकपको तयारी गतबर्ष भन्दा तीनमहिना अघि नै सुरु गरेको बताउनुभयो । धरान फुटबल क्लबको कार्यसमितिको बैठकले एन्फाले प्रस्ताव गरेकोे मितिहरु मध्ये मंसिर १९ गते देखि २८ गतेलाई निर्धारण गरेको तामाङले बताउनुभयो । आयोजक क्लवले बुढासुब्बा गोल्डकपको २२ औं संस्करणमा प्रतियोगिताको पुरस्कार राशीमा पनि वृद्धि गर्ने जनाएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?