Logo

बुटवलद्धारा विराटनगरसामु १ सय ३४ रनको चुनौती

ई-खेलकुद २०७६ पुस ९ , बुधबार ०१:१२ मा प्रकाशित

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) अन्तर्गत समुहचरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्सले विराटनगर टाइटन्ससामु १ सय ३४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले ८ विकेट गुमाएर १ सय ३३ रनको मध्यम योगफल तयार पारेको हो । हर्ष टंकले ६७ रन बनाएको ईनिङसमा शिबम सिंहले ३७ र कप्तान सिदान्त लोहनीले ११ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । विराटनगरका जैद आलमले ४ तथा किशोर महतोले २ विकेट हात पारे । दिपेश श्रेष्ठ र शाहब आलमको नाममा समान एक विकेट रह्यो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?