Logo

बी डिभिजन लिग : झम्सीखेल र भगवती तथा आरसीटी र कुमारी भिड्ने

ई-खेलकुद २०७७ फागुन २० , बिहीबार ०८:०३ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुनेछन् । आज झम्सीखेल र श्री भगवती क्लब तथा रानी पोखरी कर्नर टिम आरसीटी र श्री कुमारी क्लब प्रतिस्पर्धा गर्नेछन् । दिनको पहिलो खेलमा दिउँसो सवा १२ बजे १० औ र ११ औ स्थानमा रहेका भगवती र झम्सीखेल युथ क्लब प्रतिस्पर्धा गर्नेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा एक अर्काबिरुद्ध मैदान उत्रदा दुबै टोली तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछन् ।
सोहि मैदानमा दिउँसो साढे ३ बजे आरसिटी र श्री कुमारी क्लब प्रतिस्पर्धा गर्नेछन् । पाँचौ स्थानको आरसीटी श्रीकुमारीलाई हराउदै शीर्ष तीनमा पुग्ने योजनामा छ । हाल उसको ८ खेलबाट १२ अंक छ । समान खेलबाट ७ अंकमा तालिकाको आठौ स्थानमा रहेको श्री कुमारी भने तालिकामा सुधार गर्ने योजनामा रहनेछ ।

आरसीटी बी’ डिभिजन

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?