Logo

बी डिभिजन लिगमा आज सातदोबाटो र बाँसबारी भिड्दै

ई-खेलकुद २०७७ फागुन २१ , शुक्रबार ०७:०३ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज शीर्ष टोली सातदोबाटो युथ क्लबले तेस्रो स्थानको बाँसबारी क्लब प्रतिस्पर्धा गर्दैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने प्रतिस्पर्धा दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
२२ अंकमा तालिकाको शीर्ष स्थानमा रहेको सातदोबाटो नवौ चरणको खेलमा स्पष्ट अंक हात पार्दै उपाधि होड बलियो बनाउने योजनामा छ । १८ अंकमा तालिकाको तेस्रो स्थानमा रहेको बाँसबारीपनि शीर्ष टोलीलाई हराउदै शीर्ष दुई टोलीसंगको दुरी घटाउने योजनामा रहेको छ ।
सोहि मैदानमा अपरान्ह साढे ३ बजे मध्यपुर युथ एसोसिएसन र पुल्चोक स्पोर्टस क्लब प्रतिस्पर्धा गर्नेछन् । तालिकाको पुछारमा रहेको पुल्चोक सिजनको पहिलो जित निकाल्ने प्रयासमा रहदा ७ अंकमा १० औ स्थानमा रहेको मध्यपुर तालिकामा सुधारको लक्ष्यमा रहनेछ ।

बी’ डिभिजन सातदोबाटो

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?