Logo

बी एण्ड आर कप क्रिकेटमा नेपालद्धारा मलेसीयासामु १ सय १५ रनको चुनौती

ई-खेलकुद २०७६ कात्तिक २९ , शुक्रबार ०८:११ मा प्रकाशित

एजेन्सी । चीनको संघाईमा जारी बी एण्ड आर कप क्रिकेट प्रतियोगीताको चौथो खेलमा नेपाली अण्डर १९ टोलीले मलेसीयासामु १ सय १५ रनको चुनौती प्रस्तुत गरेको छ । संघाई क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाउदै १ सय १४ रनको मध्यम योगफल तयार पारेको हो । नेपालका लागी राजमती ऐरीले सर्बाधिक ३७ रन बनाईन् । कबिता कुव“र र लक्ष्मी साउदले समान १९ रन बनाएको ईनिङसमा कप्तान डोली भट्टले अबिजित १६ रन जोडिन् ।

१ सय १५ रनको लक्ष्यसहित मलेसियाले अहिले जवाफि ब्याटिङ गरिरहेको छ ।
नेपाल तेस्रो जितसंगै प्रतियोगीताको सुखद अन्त्य गर्ने योजनामा मलेसीयाबिरुद्ध मैदान उत्रिएको छ । पहिलो खेलमा थाईल्याण्डसंग २९ रनले पराजित भएको नेपालले त्यसपछिका दुबै खेलमा जित हात पारेको थियो । चीनलाई ८ विकेटले हराएको नेपालले हिजो म्यानमारलाई ३५ रनले स्तब्ध पारेको थियो । ५ राष्ट्र सहभागी प्रतियोगीताको शीर्ष स्थानमा रहने टोलीले उपाधि हात पार्नेछ । सुरुवाती तीनै खेलमा जित हात पारेको थाईल्याण्ड उपाधि नजिक रहेको छ । आजको खेलमा चीनलाई हराए उसले अपराजित रहदै उपाधि हात पार्नेछ । हारले पनि उसको संभावना कायमै रहने छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?