
एजेन्सी । चीनको संघाईमा जारी बी एण्ड आर कप क्रिकेट प्रतियोगीताको चौथो खेलमा नेपाली अण्डर १९ महिला टोली पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाली टोली मलेसीयासंग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय १५ रनको चुनौती मलेसीयाले अन्तिम बलमा ५ विकेट गुमाएर भेट्टायो । यास्मीन जुल्कीफिले अबिजित ५८ रन बनाउदै मलेसीयालाई जित दिलाईन् । दानुश्री श्रीमुहुनानले १३ र सानिया अनिशाले १० रनको योगदान दिईन् । नेपालकी कबिता कुवर, लक्ष्मी साउद, कृतिका मरासीनी र ईश्वरी बिष्टले समान एक विकेट लिईन् ।
यसअघि संघाई क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाउदै १ सय १४ रनको मध्यम योगफल तयार पारेको थियो । नेपालका लागी राजमती ऐरीले सर्बाधिक ३७ रन बनाईन् । कबिता कुवर र लक्ष्मी साउदले समान १९ रन बनाएको ईनिङसमा कप्तान डोली भट्टले अबिजित ६ रन जोडिन् ।
यो संगै प्रतियोगीताको सुखद अन्त्य गर्ने नेपालको लक्ष्य पनि चकनाचुर भएको छ । पहिलो खेलमा थाईल्याण्डसंग २९ रनले पराजित भएको नेपालले त्यसपछिका दुबै खेलमा जित हात पारेको थियो ।
