
काठमाण्डौ । सहिद स्मारक बि डिभिजन लिगका खेलहरु आजबाट सुरु हुदैछन् । कोरोना माहामारीका कारण गत बर्षको चैत ५ गतेबाट रोकिएको लिग आजबाट सुरु हुन लागेको हो । माहामारीपछिको पहिलो दिन आज २ खेल राखिएको छ । दिनको पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ती युवा क्लब प्रतिस्पर्धा गर्नेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
सोहि मैदानमा अपरान्ह साँढे ३ बजे पुल्चोक स्पोर्टस क्लब र खुमलटार युथ क्लब प्रतिस्पर्धा गर्नेछन् । कोरोना माहामारी अघि बि डिभिजन लिगका ३२ खेल सम्पन्न भईसकेका छन् । लिगमा १२ टोलीको सहभागीता रहेको छ ।
