Logo

बिग बासमा सन्दिप होबर्टबाट खेल्ने

ई-खेलकुद २०७७ मंसीर ३ , बुधबार ०५:११ मा प्रकाशित

काठमाण्डौ । विश्व चर्चित अष्ट्रेलियन बिग बास क्रिकेट लिग बिबिएलमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेको टोली परिवर्तन हुने भएको छ । लगातार २ सिजन मेलवर्न स्टार्सबाट लिग खेलेका सन्दिपले यस पटक होबर्ट हुरिकेन्सबाट बिग बास खेल्न लागेका हुन् । यद्यपी क्लब र सन्दिपबिच औपचारिक सम्झौता भने हुन बाँकि छ ।
क्रिकेट अष्ट्रेलियाले भने सन्दिप सहितका बिदेशी खेलाडीको नाम होबर्टले बिहिबार सार्बजनिक गर्ने जनाएको छ । क्लबले सन्दिपसंगको सम्झौताको प्रक्रिया समेत अघि बढाएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ । सन्दिपलाई स्टार्सले रिलिज गरेसंगै उनलाई टोलीमा राख्न बिभिन्न ३ टोलीले चासो राखेका थिए ।
होबर्टले टोलीमा रहेका केइस अहमेदलाई बिस्थापित गर्न लेगस्पिनर टोलीमा राख्न सन्दिपलाई विकल्पका रुपमा अघि सारेको हो । अहेमदले यो सिजन बिग बास खेल्ने छैनन् ।
अघिल्लो साता ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सहभागी भएर स्वदेश फर्किएका सन्दिप यो सिजनको आईपीएलमा बेन्चमै सिमित भएका थिए । बिग बासमा भने सन्दिपले दुबै सिजन उत्कृष्ट प्रर्दशन गरेका थिए ।

बिग बास सन्दिप लामिछाने

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?