Logo

बिग बासमा सन्दिपको टोली मेलवर्नले आज चौथो खेल खेल्दै

ई-खेलकुद २०७६ पुस १४ , सोमबार १०:१२ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियन फ्रेन्चाईज लिग बिग बास क्रिकेटमा नेपाली लेगस्पिनर सन्दिप लामिछाने आबद्ध मेलवर्न स्टार्सले चौथो खेलमा आज होबर्ट हुरिकेन्ससंग प्रतिस्पर्धा गर्दैछ । ईन्भरमी पार्कमा नेपाली समयानुसार दिउँसो १ बजेर ५५ मिनेटमा सुरु हुने खेलमा मेलवर्न तेस्रो जितको खोजीमा हुनेछ । सुरुवाती ३ मध्ये २ मा जित र एकमा हार भोगेको मेलवर्न हाबर्टबिरुद्ध यसअघिकै नतिजा निकाल्दै शीर्ष ३ मा पुग्ने प्रयासमा हुनेछ । यसअघि मेलवर्न स्टार्सले हुरिकेन्सबिरुद्ध ५२ रनको फराकिलो जित निकालेको थियो ।
मेलवर्नले आजको खेलमा पनि लेगस्पिनर सन्दिप लामिछानेलाई मैदान उतार्ने संभावना छ । यसअघिका खेलमा पनि औषत बलिङ गर्दै आएका सन्दिप पछिल्ला ३ खेलमा पहिलो रोजाईमा पर्दै आएका छन् । उनले टालीका लागि यो सिजन ३ विकेट पनि हात पारिसकेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?