
एजेन्सी । विश्व चर्चित फ्रेन्चाईज लिग बिग वासमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेआबद्ध मेलबर्न स्टार्सले आफ्नो पहिलो खेलमा आज ब्रिस्वेन हिटसंग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार दिउसो १ बजेर ५५ मिनेटमा हुने खेलमा दुबै टोली सुखद सुरुवातको योजनामा रहनेछन् । मेलबर्नले पहिलो खेलबाटै सन्दिपलाई प्लेईङ सेटमा राख्न संभावना उच्च रहेको छ । अघिल्लो सिजनको लिगमा पनि उनले टोलीबाट उत्कृष्ट प्रर्दशन गरेकाले मेलवर्नले पहिलो खेलमै उनलाई मैदान उतार्ने संभावना बढेको हो ।
बिग बास लिगमा ८ फ्रेन्चाईज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
