
एजेन्सी । अष्ट्रेलियामा जारी बिग बास क्रिकेट लिगको आफ्नो पहिलो खेलमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेले औषत बलिङ गरेका छन् । मेलवर्न स्टार्सको पहिलो खेलमै प्लेईङ सेटमा परेका सन्दिपले ब्रिसवेन हिटबिरुद्धको खेलमा औपतभन्दा बढि रन खर्चिएपनि विकेट भने हात पारेका हुन् ।
पहिलो ओभरमा १९ रन खर्चिएका सन्दिपले दोस्रो ओभरमा ६ रन दिएका थिए । आफ्नो स्पेलको तेस्रो ओभरमा ५ रन खर्चिदापनि उनले विकेट हात पार्न सकेका थिएनन् । चौथो ओभरको तेस्रो बलमा उनले वेन कटिङलाई डुङकको हातबाट क्याच गराए । उनले आफ्नो पुरा स्पेलमा ३८ रन खर्चिएर १ विकेट हात पारेका हुन् ।
