Logo

बिग बासको पहिलो खेलमा सन्दिपको टोली मेलवर्न विजयी, सन्दिपले लिए १ विकेट

ई-खेलकुद २०७६ पुस ४ , शुक्रबार ०५:१२ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियामा जारी बिग बास क्रिकेट लिगको आफ्नो पहिलो खेलमा नेपाली लेगस्पिनर सन्दिप लामिछाने आबद्ध मेलबर्न स्टार्स विजयी भएको छ । आफ्नो पहिलो खेलमा मेलबर्नले ब्रिस्वेन हिटलाई २२ रनले पराजित गरेको हो ।
१ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा ब्रिस्वेनले ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो । टम वेनटोनले ६४ र माट रेन्सोले ३९ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा ब्रिस्वेन हार भोग्न बाध्य भयो ।
मेलवर्न स्टार्सको पहिलो खेलमै प्लेईङ सेटमा परेका सन्दिपले १८ रन खर्चिएर १ विकेट लिए । एडम जाम्पाले ३ तथा हारिस रौफ र डिजे वोरलले समान २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मेलबर्नले ७ विकेट गुमाएर १ सय ६७ रनको सम्मानजनक योगफल तयार पारेको थियो । उसको जितमा ग्लेन म्याक्सवेलले ८३ र पिटर हेण्ड्सकम्वले २० रनको योगदान गरे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?