Logo

बार्सिलोना ला लिगा फुटबलको शीर्ष स्थानमा, मेसीको २ गोल

ई-खेलकुद २०७६ कात्तिक १३ , बुधबार ०७:१० मा प्रकाशित

एजेन्सी । बार्सिलोना स्पेनीस ला लिगा फुटबको शीर्ष स्थानमा फर्किएको छ । आज बिहान भएको खेलमा रियल भल्लाडोलिडलाई ५–१ को फराकिलो अन्तरले हराउदै बार्साले ग्रानाडालाई २ अंकले पछि पारेको हो । बार्साको जितमा लियोनल मेसीले २ तथा क्लेमेट लेग्लेट, अर्तुरो भिडाल र लुईस स्वारेजले एक एक गोल गरे । भल्लाडोलिडका ओलिभस अल्वाले एक गोल गरे ।
पहिलो हाफमा ३–१ को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल गर्दै सहज जित हात पारेको हो । १० खेलबाट २२ अंक जोडेको बार्सिलोनाले समान अंक भएका ग्रनाडा र एट्लेटिको मड्रिडलाई पछि पारेको हो ।
गएरातीनै डिर्पोर्टिभो अलाभेष र एट्लेटिको मड्रिडले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले मड्रिडलाई तेस्रो र अलाभेषलाई १३ औ स्थानमा पुर्याएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?