Logo

बार्सिलोना नकआउट चरणमा, चेल्सी र भ्यालेन्सीयाको बराबरी

ई-खेलकुद २०७६ मंसीर १२ , बिहीबार ११:११ मा प्रकाशित

एजेन्सी । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रबेश गरेको छ । पछिल्लो खेलमा गएराती बोरुसिया डर्टमण्डलाई ३–१ ले हराउदै बार्साले अन्तिम १६ को टिकट काटेको हो । ५ खेलबाट ११ अंक जोडेको बार्सा समुह एफको शीर्ष स्थानमा रहदै नकआउट चरणमा प्रबेश गरेको हो । उसको जितमा लियोनल मेसी, लुईस स्वरेज र एन्टोनियो ग्रीजम्यानले एक एक गोल गरे । पहिलो हाफमा २–० को अग्रता बनाएको बार्साले दोस्रो हाफमा १ गोल गर्दै समान गोल खाएको थियो । सोहि समुहको खेलमा ईन्टर मिलानले स्लाभिया प्रागलाई ३–१ ले स्तब्ध पार्यो । यो जितसंगै ईन्टरमिलान ७ अंकमा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
अन्य खेलहरुमा आयाक्सले लिलिलाई तथा जेनिट सेन्ट पिटर्सवर्गले लियोनलाई समान २–० ले स्तब्ध पारे । जेन्क, रेडबुल साल्जवर्गसंग ४–१ को फराकिलो अन्तरले पराजित भयो । गएरातीका अन्य ३ खेल भने बराबरीमा सकिएका छन् । आरबी लिप्जिङ र वेन्फिका तथा चेल्सी र भ्यालेन्सीयाले २–२ को बराबरी खेल्दा नापोली र लिभरपुलले एक एकको बराबरी खेल्दै अंक बा“डेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?