Logo

बार्सिलोनासंग अनुबन्धनको नजिक अगुईरो

ई-खेलकुद २०७८ जेठ १७ , सोमबार ०८:०५ मा प्रकाशित

एजेन्सी । अर्जिन्टिनी फरवार्ड सर्जियो अगुएरो स्पेनिस क्लब बार्सिलोनासंग अनुबन्धन नजिक पुगेका छन् । पोर्चुगलको पोर्टोमा च्याम्पियन्स लिगको फाइनल खेलेर अगुईरो सीधै स्पेन पुगेका हुन् । बार्सिलोनामा अनुबन्ध हुन अगुएरोले स्पेनको भ्रमण गरेको स्पेनिस मिडियाहरूले जनाएका छन् । शनिबार राति च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटी चेल्सीसँग १–० गोलले पराजित भएको थियो । सो खेलमा अगुएरो वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । यो खेल सिटीका लागि उनको अन्तिम खेल मानिएको छ । उनले सिटी छोड्ने निश्चित भइसकेको छ ।
३२ वर्षीय अगुएरो बार्सिलोनामा अनुबन्ध हुनकमा लागि क्याटलान पुगेको स्पेनी मिडियाले उल्लेख गरेका हुन् । आगामी २४ घण्टाभित्र उनले बार्सिलोनामा मेडिकल गर्नेछन् । आइतबार अगुएरोले सिटीका समर्थकलाई भावुक सन्देश पठाएका थिए । अगुएरो फ्रि–ट्रान्सफरमा आफ्नो राष्ट्रिय टोलीका सहकर्मी लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलोनामा अनुबन्ध हुन लागेका हुन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?