Logo

बार्सालाई शीर्ष स्थानमा उक्लने अवसर

ई-खेलकुद २०७८ वैशाख १६ , बिहीबार ०८:०४ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज एक मात्र खेल हुदैछ । ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनाले आज राती ग्रानाडासँग प्रतिस्पर्धा गर्न लागेको हो । तेस्रो स्थानमा रहेको बार्सिलोनालाई उपाधि दाबेदारी कायमै राख्न आजको खेल जित्नै पर्ने दबाव छ । बार्साको मैदान नाउ क्याम्पमा हुने खेल नेपाली समयानुसार राती पौने ११ बजे सुरु हुनेछ ।
कमजोर टोली ग्रानडाबिरुद्ध मैदान उत्रदा बार्सा सहज जितसंगै शीर्ष स्थानमा पुग्ने योजनामा रहनेछ । आजको जितले उसको उपाधि यात्रा पनि बलियो हुनेछ । ग्रानाडाले पराजित गरे पनि बार्सा तेस्रो स्थानमा भने कायमै रहनेछन् ।
३३ खेलबाट एट्लेटिको मड्रिड ७३ अङ्कमा शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ७१ अंकमा रियल मड्रिड दोस्रो र एक खेल कम खेलेको बार्सा ७१ अंकमै तेस्रो स्थानमा छ । ग्रानाडा भने ३२ खेलबाट ४२ अङ्कसहित तालिकाको आठौ स्थानमा छ ।
पछिल्लो नतिजाले ला लिगामा चार वटा टोलीलाई उपाधि होडमा फर्काएको छ । एटलेटिको मड्रिड, रियल मड्रिड, बार्सिलोना र सेभियाबिच उपाधि होड रोमाञ्चक अवस्थामा पुगेको छ ।

बार्सिलोना ला–लिगा

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?