Logo

बार्सालाई ग्रानाडाको चुनौती, एट्लेटिको र बिल्वाओको खेल स्थगीत

ई-खेलकुद २०७७ पुस २५ , शनिबार ०४:०१ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज बिभिन्न ३ खेल हुदैछन् । दिनको पहिलो खेलमा राती सवा ७ बजे सेभिया र रियल सोसिडाड प्रतिस्पर्धा गर्नेछन् । सेभियाको मैदानमा हुने खेलमा दुबै टोली सिजनको नवौ जितको खोजीमा रहनेछन् । सेभियालाई हराउन सके सोसिडाड तालिकाको दोस्रो स्थानमा पुग्नेछ । आजैका लागि तय गरिएको एट्लेटिको मड्रिड र एथ्लेटिको बिल्वाओबिचको खेल भने स्थगीत भएको छ ।
राती सवा ११ बजे बार्साले ग्रानाडासंग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । ग्रानाडालाई हराउन सके ३१ अंकमा तालिकाको चौथो स्थानमा रहेको बार्सिलोना दोस्रो स्थानमा पुग्नेछ । २४ अंकमा तालिकाको सातौ स्थानमा रहेको ग्रानाडापनि घरेलु मैदानमा जित निकाल्दै तालिकामा सुधार गर्ने योजनामा छ ।
दिनको अन्तिम खेलमा राती पौने २ बजे रियल मड्रिडले ओसासुनासंग प्रतिस्पर्धा गर्नेछ । ओसासुनाको मैदानमा हुने खेलमा जित हात पार्न सके रियल तालिकाको शीर्ष स्थानमा पुग्नेछ । रियललाई हराउन सके घरेलु टोली पनि रेलिगेशन क्षेत्रबाट माथी उठ्ने छ ।

बार्सिलोना ला–लिगा

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?