
एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाका पूर्व–अध्यक्ष जोसेप मारिया बोर्टोमेउ पक्राउ परेका छन् । केहि समयअघि मात्र क्लबको अध्यक्षबाट राजिनामा दिएका बोर्टोमेउलाई स्पेनिस प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
प्रहरीले बार्साका पूर्व–अध्यक्ष बोर्टोमेउका साथै बार्सिलोनाका सिइयो ओस्कार ग्राउसहित अन्य केही ब्यक्तिलाई पनि पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपी उनीहरुलाई के अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्ने केहि खुलाईएको छैन् ।
क्लबमा रहदा आर्थिक हिनामिना लगायतका अभियोगमा समेत मुछिएका बोर्टोमेउ आज बिहान मात्र नाउ क्याम्पको मैदान पुगेका थिए ।
