Logo

बाबर अजामको कप्तानीमा टिम अफ दी टुर्नामेन्ट सार्बजनिक, भारतका कुनै खेलाडी परेनन्

ई-खेलकुद २०७८ कात्तिक २९ , सोमबार ०६:११ मा प्रकाशित

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले टी–२० विश्व कपको उत्कृष्ट टिम सार्बजनिक गरेको छ । पाकिस्तानका बाबर आजमको कप्तानीमा सार्वजनिक गरिएको टोलीमा सबैभन्दा बढि विजेता अस्ट्रेलियाका खेलाडी परेका छन् । टिममा अस्ट्रेलियाका डेभिड वार्नर, एडम जाम्पा र जस हाजलउड परेका छन् । त्यस्तै ईङल्यान्डका जस बटलर र मोइन अली, दक्षिण अफ्रिकाका एनरिक नर्किया र एइडन मर्करम टोलीमा अटाएका छन् । श्रीलंकाका चरिथ असलंका र वानिन्दु हंसरंगा, न्युजिल्यान्डका ट्रेन्ट बोउल्ट उत्कृष्ट टिममा परेका छन् । १२ औ खेलाडीका रुपमा पाकिस्तानका शाहिन शाह अफ्रिदीलाई राखिएको छ ।
यसपटकको उत्कृष्ट टोलीमा भारत, वेष्ट ईण्डिज र बंगलादेशका कुनै खेलाडीले स्थान पाउन सकेनन् । गएराती भएको टी–२० विश्वकपको फाइनल खेलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउदै अस्ष्ट्रेलियाले उपाधि जितेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?