
काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीतामा बाग्मती प्रदेशले अपराजित यात्रालाई तेस्रो खेलमा पनि निरन्तरता दिएको छ । आज भएको खेलमा प्रदेश २ लाई ६ विकेटले हराउदै बाग्मती सेमिफाईनल नजिक पुगेको हो । प्रदेश दुईले दिएको १ सय ८० रनको चुनौती बाग्मतीले १० बल अगावै ४ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा पृथु बास्कोटाले सर्बाधिक ५३ रनको योगदान गरे । बिभस्तु थापाले ४७ र आकाश थापाले ३२ रन बनाए । ईशान पाण्डेले १५ रन जोडे ।
प्रदेश दुईका हरी शंकर शाहले २ तथा बिशाल सुसलिङ र कुमार थापाले समान एक विकेट लिए ।
यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको प्रदेश दुई ४८ दशमलव २ ओभरमा १ सय ७९ रनमा समेटिएको थियो । विवेक यादवले सर्बाधिक ६६ रन बनाएको उसको ईनिङसमा कुमार थापाले २२ र राहुल प्रताप सिंहले १८ रन बनाए ।
बाग्मतीका गौतम केसीले ४ तथा रामनरेश गीरीले २ विकेट लिए । नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यको नाममा समान एक विकेट रह्यो । जारी प्रतियोगीतामा प्रदेश दुईको यो लगातार दोस्रो हार हो ।
