Logo

बाग्मती गोल्डकपको उपाधि थ्रीस्टारलाई

ई-खेलकुद २०७७ चैत्र २३ , सोमबार ०७:०४ मा प्रकाशित

मकवानपुर । थ्रीस्टार क्लबले चौथो संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगीताको उपाधि जितेको छ । हेटौडामा आज भएको फाईनलमा बलियो टोली अफ्रिकन रुट एसोसिएसनलाई ३–२ गोल अन्तरले हराउदै थ्रीस्टारले उपाधि हात पारेको हो ।
पहिलो हाफमा २–० ले पछि परेको अवस्था उल्टाउदै थ्रीस्टारले पुनरागमन जितसंगै उपाधि उचालेको हो । ८ हजार दर्शकसहितको खेलमा थ्रीस्टारले दोस्रो हाफमा लगातार ३ गोल गरेको थियो । पहिलो हाफमा एमफोम र मौसाले गोल गर्दै अफ्रिकनलाई २–० को अवस्थामा पुर्याएका थिए । दोस्रो हाफमा मनिस डाँगी, निशान खड्का र रुपेश केसीले गोल गर्दै थ्रीस्टारको जित निश्चित पारेका थिए । उपाधिसँगै थ्री स्टारले ८ लाख रुपैया प्राप्त गर्यो । उपविजेता बनेको अफ्रिकनले ४ लाख रुपैयामा चिक्त बुझायो ।
विजेता र उपविजेता टोलीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतका पदाधिकारीले ट्रफि तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

थ्रीस्टार बागमती गोल्डकप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?