Logo

बाँसबारीबिरुद्ध सातदोबाटोको सहज जित

ई-खेलकुद २०७७ फागुन २१ , शुक्रबार ०५:०३ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा शीर्ष टोली सातदोबाटो युथ क्लबले शानदार जित निकालेको छ । नवौ चरणको खेलमा बाँसबारी युवा क्लबलाई ४–१ गेल अन्तरले हराउदै सातदोबाटोले उपाधि यात्रा बलियो बनाएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सातदोबाटोलाई जिताउन अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो ।
बाँसबारीका निशान सुनारले सान्त्वना गोल फर्काए । पहिलो हाफमा २–० को अग्रता बनाएको सातदोबाटोले दोस्रो हाफमा २ गोल थप्दै एक गोल खाएको थियो । ९ खेलबाट सातदोबाटो २५ अंकमा शीर्ष स्थानमा कायम छ । समान खेलबाट १८ अंक जोडेको बाँसकारी तेस्रो स्थानमा छ ।

बी’ डिभिजन सातदोबाटो

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?